काठमाडौं, कार्तिक २० । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गरेकाछन्। यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाए।
पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गरे। यी चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटामा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गरेकाछन्। रासस
Facebook Comments


























