कार्तिक २० । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत न्यूजिल्यान्डले नामिवियालाई ५२ रनले पराजित गरेको छ।
सुपर १२ को समूह २ अन्तर्गतको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको नामिवियाले निर्धाारित ओभरमा ७ विकेट गुमाउदै १ सय ११ रनमात्र जोड्न सक्यो।
नामिवियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रनको जोडे। न्यूजिल्यान्डका टिम साउथी र ट्रेन्ट बोल्टले दुई–दुई विकेट चटकाए। मिसेल सान्टनर, जेम्स निशान र इश सोधी एक–एक विकेट हात पारे।
यस अघि ब्याटिङको निम्तो पाएको न्यूजिल्यान्डले निर्धारित ओभरमा ४ विकेट गुमाउदै १ सय ६३ रन जोडेको थियो। न्यूजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ३९ रन जोड्दा जेम्स निशानले ३५ रनको योगदान गरे। कप्तान केन विलियम्सन २८ रनमा आउट भए।
नामिवियाका वर्नार्ड स्कोल्ज, डेभिड वाइजी र जेरहार्ड इरासमसले समान एक–एक विकेट हात पारे। यस नतिजासँगै न्यूजिल्यान्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
यता चार खेल खेलेको नामिवियाको यो तेस्रो पराजय हो। पराजयसँगै नामिविया प्रतियोगिताबाट बाहिरिएको छ।


























