झापा, कार्तिक ७ । एमाले अध्यक्ष ओली तीन दिने झापा भ्रमणमा छन्।
आइतबार बिहान झापा आइपुगेका उनी पारिवारिक भेटघाटपछि पार्टी प्रवेश कार्यक्रममा सहभागी भएका छन्। सो क्रममा उनले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्नुपर्नेमा जोड दिएका छन्।
‘जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा विभिन्न पार्टीमा सक्रिय रहेका नेता कार्यकर्ताहरूलाई एमाले प्रवेश गराइएको छ।
करिब तीन हजार जना सहभागी कार्यक्रमा ओलीको उपस्थितिमा सुवास नेम्वाङ, लेखराज भट्टले टीका लगाएर नवप्रवेशीलाई स्वागत गरेका छन्। कार्यक्रममा साढे पाँच हजार जना एमालेमा प्रवेश गरेको जानकारी दिइयो।
Facebook Comments


























