चितवन, कार्तिक ६ । नेकपा (एमाले) भरतपुर महानगरपालिका नगरपालिका वडा नंं १ को अध्यक्षमा शुक्र कुमार श्रेष्ठ चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन्।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा दिपक भन्डारी, सचिवमा केशब घिमिरे, उपसचिवमा टिकादत्त भट्टराई र सर्स्वती जिसि सहित ५१ सदस्यीय कमिटी गठन गरेको छ।
अधिवेसनले वडा न १ बाट पुरूष तर्फ प्रल्हाद प्रधान सहित ४ जना तथा महिलामा गीता श्रेष्ठ सहित ५ जना गरि जम्मा ९ जना महानगर प्रतिनिधि समेत छनौट गरेको छ।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्।
यही कात्तिक १३ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।


























