काठमाडौं, जेष्ठ २३ । साउदी अरबमा अलपत्र नेपालीको आज उद्धार हुँदैछ।
शुक्रबार साउदी अरबको सारजाबाट एयर अरबियाको जहाज ३ बजेतिर त्रिभुवन विमानस्थल आउने विमानस्थलले जनाएको छ।
सरकारले विभिन्न देशमा अलपत्र नेपालीको उद्धार सुरु गरेसँगै अन्य देशबाट पनि नेपाली ल्याइने भएको छ।
आजै बर्मामा अलपत्र नेपालीको पनि उद्धार हुँदैछ। त्यहाँबाट नेपाली ल्याउने जहाज १० बजे आइपुग्ने भनिए पनि जहाज उडेको छैन। वर्माबाट आज २६ नेपालीको उद्धार हुँदैछ।
Facebook Comments


























