चितवन, कार्तिक ६ । नेकपा (एमाले) पूर्वी चितवनको रत्ननगर नगरपालिका नगरपालिका वडा नंं १ को अध्यक्षमा दोपराज केसी चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट केसी सर्वसम्मत चयन भएकाहुन्।
अधिवेशनले वडा कमिटीको उपाध्यक्षमा राजु मालाकार, सचिवमा योगराज सुवेदी, सहसचिवमा बाबुराम श्रेष्ठ र मिरा सापकोटासहित ३१ सदस्यीय कमिटी गठन गरेको छ।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।


























