चितवन, कार्तिक ६ । नेकपा (एमाले) पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नंं १० को अध्यक्षमा एकबहादुर जि. सी चएन भएकाछन्। आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट जि. सी सर्वसम्मत चयन भएकाहुन्।
वडा उपाध्यक्षमा छन्नुराम चौधरी, सचिव कासीनाथ शर्मा, उपसचिव उदेश भण्डारी, मिना श्रेष्ठ लगायत २३ सदस्यीय कमिटी गठन गरिएको छ।
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज देशभरका ६ हजार ७ सय ४३ वटा वडास्तरका अधिवेशन भैरहेका छन्। वडा अधिवेशनलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जुम एप्समार्फत सम्वोधन गरेका थिए।
यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ। आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १०औँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ।
चितवनमा हुने एमालेको महाधिवेशनमा निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिन प्रयोग गरिनेछ।


























