कार्तिक २ । आइभरी कोस्टका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गुडविल एम्बेसडर नियुक्त भएका छन्।
डब्लुएचओले सोमबार ड्रोग्बा डब्लुएचओको खेलकुद र स्वास्थ्य क्षेत्रको गुडविल एम्बेसडर नियुक्त भएको जनाएको छ। उनले युनाईटेड नेसन्स डेभलपमेन्ट प्रोग्रामको गुडविल एम्बेसडर भएर समेत काम गरेका थिए।
चेल्सीका पूर्व स्ट्राइकर ड्रोग्बा पछिल्लो समय सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन्। उनले खेलाडी हुँदै पश्चिम अफ्रिकी देशमा शान्ति कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह निर्वाह गरेका थिए।
सन् २००६ को विश्वकपका लागि छनोट भएपछि ड्रोग्बाले गृहयुद्ध अन्त्यका भाषण दिएका थिए। सुडानलाई हराएर विश्वकपमा छनोट भएपछि ड्रोग्बाले खेलाडीको जेन्जिङ रुमबाटै द्वन्द अन्त्य गर्न आह्वान गरेका थिए। जसको कारण आइभरी कोस्टमा युद्धविराम भएको थियो।
४३ वर्षीय ड्रोग्बाले आफु जन्मेको ठाउमा अस्पताल बनाउन ३ मिलियन सहयोग गरेका थिए। ड्रोग्बाले आफ्नो राष्ट्रका लागि १ सय ५ खेलमा ६५ गोल गरेका थिए। ड्रोग्बालाई आइभरी कोस्टका महान फुटबलर मानिन्छ। उनले सन् २००२ देखि २०१४ सम्म आइभरी कोस्टका लागि खेलेका छन्।
ड्रोग्बाले प्रिमियर लिग क्लब चेल्सीका लागि ३ सय ८१ खेल खेलेका थिए। जसमा उनले १ सय ६४ गोल गरेका थिए। चेल्सीका लागि उनले चार प्रिमियर लिग उपाधि जित्दा एक च्याम्पियन्स लिग जितेका थिए। चेल्सीका उनी सर्वाधिक गोलकर्ताको चौंथो स्थानमा रहेका छन्।


























