असोज २७ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सन् २०२८ को युरोकप फुटबलको आयोजकको दरखास्त आह्वान गरेको छ।
यूईएफएले बुधबार २०२८ को युरोकप आयोजनाका लागि इच्छुक राष्ट्रलाई दाबी पेश गर्न आह्वान गरेको छ। यूईएफएले २०२२ को मार्च २३ सम्म दाबी पेश गर्ने समयसीमा तोकेको छ।
आयोजकको घोषणा २०२३ को सेप्टेम्बरमा गरिने यूईएफएले जनाएको छ। २०२८ को युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्। जसमा कुल ५१ खेलहरु हुनेछ।
Facebook Comments


























