बुटवल, असोज २७ । प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएपछि रुपन्देहीको मोतीपुर क्षेत्रमा लगाइएको कर्फ्यु हटेको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले स्थिति सामान्य भएपछि गएराति १२ बजेदेखि कर्फ्यु हटाइएको जानकारी दिए।
आइतबार स्थानीय र प्रहरीबीच मोतीपुर क्षेत्रमा झडप भएको थियो। सोही झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो। झडपमा प्रहरीसहित ८० जना घाइते भएका थिए। स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु जारी गरेको थियो।
औद्योगिक क्षेत्रको अतिक्रमित जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा सुरक्षाकर्मीमाथि ढुंगामुढा र पेट्रोल बम प्रहार भएपछि बल प्रयोग गर्नु परेको प्रशासनले जनाएको छ।
Facebook Comments


























