असोज २६ । बलिवुडका महानायक अमिताभ बच्चनले अबदेखि पान मसलाको विज्ञापन नगर्ने भएका छन्।
आफ्नो ७९औं जन्मदिनको दिन अमिताभले ब्लग लेख्दै ‘कमला पसंद’सँग आफ्नो सम्झौता तोडेको जानकारी दिएका हुन्। साथै उनले विज्ञापन वापत लिएको रकम समेत फिर्ता गरेको जानकारी गराएका छन्।
‘कमला पसंद’ एक किसिमको गुटका भएको र यो स्वास्थ्यको लागि हानिकारक रहेको थाहा पाएपछि अमिताभले यस्तो निर्णय लिएको स्पष्ट गरेका छन्। ब्राण्डसँग सम्झौता गर्दा यो स्वास्थ्यको लागि हानिकारकको सूचीमा रहेको बारे जानकारी नभएकाले उनले अहिले जानकारी हुनासाथ यस्तो निर्णय गरेको बताएका छन्।
कमला पसन्दको विज्ञापनमा अमिताभ देखिना साथ उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो। साथै अमिताभलाई नेशनल एन्टी टोबाको अर्गनाइजेशनले पनि एक पत्र लेख्दै पान मसलाको विज्ञापनबाट हट्न सुझाव दिएको थियो।
Facebook Comments


























