चितवन, असोज २५ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जीवित राख्न इतिहाको बखान गरेर मात्रै नहुने बताएका छन्। नेपाली कांग्रेस भरतपुर–१० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पौडेलले पार्टीलाई सुदृढिकरण गरेर अगाडि बढाउन इतिहासलाई हेरेर मात्रै नहुने बताएका हुन्। ‘पार्टीलाई सवल बनाउनका लागि इतिहासको बखान गर्ने मात्रै होइन, व्यवहारमा पनि लागू गर्दै जानुपर्छ,’ उनले भने।
सोही कार्यक्रममा बोल्दै कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टी नेता तथा कार्यकर्ताले इमान्दारिता गुमाउन नहुने बताए। दसैँ, तिहार र छठ पर्वको शुभकामना दिँदै नेता श्रेष्ठले चाडपर्वमा मात्र नभई हरेक समय भाइचाराको सम्बन्ध कायम गरिराख्नुपर्ने बताए।
वडाले आयोजना गरेको यो कार्यक्रम कांग्रेसको १४औँ महाधिवेशनपछिको पहिलो कार्यक्रम हो। पार्टीले वडा र स्थानीय तहको अधिवेशन सकाए पनि जिल्ला तहभन्दा माथिको अधिवेशन गर्न बाँकी छ। सोही अवसरमा नेता कार्यकर्ताबीच भेटघाटको वातावरण सिर्जना गराउनको लागि वडाले शुभकामना कार्यक्रम आयोजना गरेको वडाका सभापति गणेशबहादुर गुरूङले बताए।
कार्यक्रममा जिल्ला कार्यसमितिको पदाधिकारी पदमा उमेद्वारी दिएका नेताहरूको पनि उपस्थिति थियो।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









