चितवन, असोज २५ । महाकालेश्वर शिव मन्दिर परिसरमा सरसफाइ गरिएको छ। भरतपुर १० मा रहेको मन्दिर परिसरमा मन्दिर व्यवस्थापन समिति र कालीबहादुर गणमा कार्यरत नेपाली सेनाको टोलीले सोमबार सरसफाइ गरेको हो।
मन्दिर जस्तो पवित्र क्षेत्रलाई सधैँ सफा राख्नुपर्ने भएकोले बेलाबेलामा सरसफाइ गर्दै आएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष वामदेश शर्माले बताए।
मन्दिरमा महाशिवरात्रि र तीज पर्वमा विशेष मेला लाग्ने गर्दछ। सोमबार भएको कार्यक्रममा कालिका एफएमका निर्देशक दीपक पौडेल, कालीबहादुर गणका सेनानीद्वय पदमबहादुर क्षेत्री र निरञ्जन कार्कीसमेतको उपस्थिति थियो।


Facebook Comments


























