असोज २० । लगातार घट्दै आएको सेयर बजार बुधबार सुधारिएको छ। बिहीबार सार्वजनिक बिदा परेकाले यो साता सेयर कारोबार बुधबार नै बन्द भएको छ। तीन दिनपछि खुल्ने गरी बन्द भएको बजार परिसूचक नेप्से ६८.४७ अंकले बढेर २६ सय ८१ अंकमा पुगेको छ।
बुधबार दिनभरीमा २२७ कम्पनीको कारोबार हुँदा साढे ४ अर्बको कारोबार भएको छ। कारोबार भएका सबै उपसूचक बढेका छन्। निर्जीवन बीमा समूह ४०७ अंकले बढेको छ भने लघुवित्त २९६ र जीवन बीमा २५७ अंकले बढेको छ। विकास बैंक २२४ अंकले उक्लिएको छ।
१३ कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ। बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास लघूवित्त, नयाँ सारथी, मिथिला लघुवित्तलगायतको सेयरमा पोजेटिभ ‘सर्किट’ लागेको छ।
साताका शुरुवाती दुई दिन लगातार घटेको बजार साताका अन्तिम दुई दिन बढ्दा लगानीकर्ताहरु उत्साहित भएका छन्।
Facebook Comments


























