काठमाडौं, असोज २० । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी—ट्वान्टी क्रिकेटको एलिमिनेटर अन्तर्गत भैरहवा ग्लाडियसर्टले काठमाडौं किंग्स ११ लाई १ सय ८९ रनको चुनौती दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन जोड्यो।
भैरहवाका लागि कप्तान शरद भेषावकरले सर्वाधिक ४९ रनको योगदान गरे । भैरहवाका लागि प्रदिप ऐरीले ३९ रनको योगदान गर्दा उपुल थरंगाले ३५ रन जोडे। कुशल मल्लले ३२ रन बनाए। आरिफ शेखले १५ रन जोड्दा तमिम इक्बाल ९, रोहित पौडेल १ र धमिका प्रसादले १ रन जोडे।
काठमाडौंका असान प्रियन्जन र कप्तान सन्दीप लामिछानेले दुई/दुई तथा शेर मल्ल, जितेन्द्र मुखिया र जनक प्रकाशले एक/एक विकेट हात पारे।
Facebook Comments


























