काठमाडौं, असोज १८ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछन्।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा हुनेछ। चितवन र भैरहवाबीचको खेल बिहान साढे ९ बजे सुरु हुनेछ।
चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ। चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। भैरहवा पनि प्ले अफमा पुगिसकेको छ। भैरहवा ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
यस्तै दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र पोखराबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ। पोखरा प्ले अफ पुगिसकेको छैन। पोखराले ४ खेलमा ५ अंक जोडेको छ।
काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ। काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन्। इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन्।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ। प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ।

























