असोज १३ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले पहिलो जित निकालेको छ।
त्रिवि क्रिकेट मैदानमा ७ ओभरमा छोट्याइएको खेलमा बुधबार साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पोखराले ९ विकेटले हराएको हो। ललितपुरले दिएको ५२ रनको लक्ष्य पोखराले ६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्यो। पोखराको जितमा रिचार्ड लेभीले अविजित ३८ रन बनाए। यस्तै रित गौतमले १२ रन बनाउँदा साहन अराचिगे १ रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रन बनाएको थियो। ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाए। ओशाडा फर्नान्डोले अविजित १० रन जोडेका थिए।
जितसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पोखराले २ खेलमा ३ अंक जोडेको छ।
Facebook Comments















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










