असोज १३ । नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ।
मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज बुधबार तोलाको १०० रूपैयाँ घटेर ८८ हजार ९०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य स्थीर छ। आज चाँदी १ हजार १५५ रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























