काठमाडौं, असोज १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा, ११४ को उपधारा, २ को खण्ड (ख) बमोजिम राष्ट्रपतिले सो अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
यसअघि सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले गत भदौ २ गते दल विभाजनलाई सहज बनाउने गरी अध्यादेश जारी गरेकी थिइन्।
यो अध्यादेश जारी भएपछि नेकपा एमाले बिभाजन भएर नेकपा एकीकृत समाजवादी दर्ता भएको छ भने जनता समाजवादी पार्टी विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन्।
Facebook Comments


























