असोज १० । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्ला रियलसँग गोल रहित बराबरी खेलेको छ।
शनिबार राति रियलले भिल्ला रियलसँग १–१ गोलको बराबरी खेल्दै अँक बाँडेको हो। यस सिजन अपराजित रहेको रियलले वर्नवेउमा गोल रहित बराबरी खेल्यो।
कार्लोस एन्सेलोटी नेतृत्वको रियलले यस सिजन सुरुवाती ६ खेलमा २१ गेल गरेको छ। तर भिल्ला रियलविरुद्ध निकै कम आक्रमण रियलको देखियो। करिब बेन्जिमाको प्रहार र इस्कोको हेडरलाई गेरोनिमो रुलिकले बचाएका थिए। रियलको तुलनामा भिल्ला रियलले धेरै अवसर सिर्जना गरेको थियो।
रियलले दोस्रो स्थानको सेभियासँग तीन अंकको अग्रता लिएको छ। जसले स्प्यानियोललाई २–० ले हरायो। साविक विजेता एट्लेटिको मड्रिड समेत आल्भेसँग १–० ले पराजित भयो।
एन्सेलोटीको नेतृत्वमा रियलले पहिलो बराबरी खेलेको हो। उनाइ इम्रीको भिल्ला रियलले पछिल्ला ६ मध्य ५ खेलमा बराबरी खेलेको छ र सिजनको सुरुवाती खेलमा अपराजित छ। एजेन्सी


























