असोज १० । जर्मनीमा आज निर्वाचन हुँदैछ। आजै आउने मतपरिणामपछि १६ वर्ष चान्सलरका रुपमा सत्ता बागडोर सम्हालेकी एंगेला मर्केलको औपचारिक विदाई हुनेछ।
६८ वर्षी चान्सलर मर्केलले चुनाव नै नलड्ने घोषणा गरेकाले अब उनीपछिको उत्तराधिकारी को होला भन्ने चासो छ।
चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुँदैछ।
जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन्। त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ। जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन्। तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन्। एजेन्सी
Facebook Comments


























