असोज ९ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन्। बेलुका सवा ५ बजे चेल्सी र म्यानचेस्टर सिटी खेल्दैछन्।
चेल्सी १३ अङ्कसहित शीर्ष स्थानमा छ भने सिटी १० अङ्कसहित पाँचौँ स्थानमा छ। सवा पाँच बजे नै म्यानचेस्टर युनाइटेड र एस्टन भिल्ला खेल्दैछन्। चेल्सी र लिभरपुलसँग समान १३ अङ्क रहे पनि गोल अन्तरका आधारमा युनाइटेड तेस्रो स्थानमा छ।
यसै महिना युभेन्टसबाट युनाइटेड आएका क्रिस्टियानो रोनाल्डो राम्रो लयमा रहेका छन्। आजको खेललाई लिएर निकै उत्साहित रहेको रोनाल्डोले बताएका छन्। यस्तै लिगमा राति पौने ८ बजे लेस्टर सिटी र बर्नली, एभर्टन र नर्वीच सिटी, लिड्स युनाइटेड र वेष्ट ह्याम र वार्टफोर्ट र न्युक्यासल खेल्दैछन्। राति सवा १० बजे लिभरपुल र ब्रेन्टफोर्ड खेल्दैछन्।
Facebook Comments


























