सुनसरी, असोज ९ । सुनसरीको इटहरी उपमहानगरपालिकामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।
शुक्रबार साँझ ५ बजेतिर दुई छिमेकीबीच भएको सामान्य विवादले गम्भीर रूप लिँदा इटहरी–३ तालतलैयाका २३ वर्षीय राजु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीइ ६० वर्षीय देवीप्रसाद अधिकारीले चक्कु प्रहार गरेर गम्भीर घाइते भएका थापाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले जानकारी दिए।
बारीमा घाँस काटेको विषयमा अधिकारी र थापाबीच विवाद भएको सोही क्रममा अधिकारीले चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको डीएसिफ केसीले बताए।
सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाका अनुसार चक्कु प्रहार गर्ने अधिकारी पनि घाइते भएकाले उनको पनि धरानमै उपचार भइरहेको छ।
Facebook Comments


























