असोज ९ । नेपाली संगीतिक बजारकी ‘सेक्रेट स्टार’ हुन लोकदोहोरी गायिक बिष्णु माझी। उनी गुमनाम छिन्, तर आफ्नो स्वरले बजार तताइरहेकी छिन्।
माझीको तीज गीत ‘चरी जेलैमा’ गीतले निकै लोकप्रिय रह्यो। युट्युबमा ‘चरी जेलैमा’ ले छोटो समयमा विभिन्न रेकर्ड बनाउन सफल भएको ।
तीज सकिएर पनि ‘चरी जेलैमा’ को चर्चा सेलाउन नपाउँदै गायिका माझीको स्वरमा नयाँ दशैं-तिहारको गीत सार्वजनिक भएको छ। उनको स्वरमा सार्वजनिक ‘दशैं(तिहार आइसक्यो’ बोलको गीत पनि दर्शक स्रोताको मन जित्न सफल भएको छ ।
सपना म्युजिक इन्डष्ट्रिजको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गीतको भिडियो दुई दिनमा ११ लाख पटक हेरिएका छन्।
‘यहीँको तापम घाम राजै, यहीँको तापम जुन
यहीँ जोतम्ला खेतबारी, यहीँ फलाम्ला सुन
आउ है गाउैमा…’
गीतले परदेशिएका आफ्नो मान्छेलाई गाउँ डाकेको छ। बिष्णुको एकल स्वरमा रहेको गीतको शब्द र लय सिर्जना उनका श्रीमान् सुन्दरमणी अधिकारीले गरेका हुन्।
‘चरी जेलैमा’ को झल्को दिन गीतको कोरसमा महिमा आचार्यले स्वर भरेकी छन्। शिव विकको कोरियोग्राफीमा तयार भिडियोमा प्रिया विष्टको अभिनय देख्न सकिन्छ।
शम्भु चालिसेले छायंकन गरेका दृश्यको सम्पादन सुजन शाहीले गरेका हुन्। बिष्णुले गाएको ‘चरी जेलैमा’ ले छोटो अविधीमा दुई करोड भ्युज पाएको छ।
‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, लगायत उनले स्वर दिएका गीतले युट्युबमा करोड बढी भ्युअर्स बटुलेका छन्।


























