चितवन, असोज ६ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको नाग्दी खोला नजिकै पहिरो खस्दा यातायात अवरूद्ध भएको छ।
इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरमा मंगलबार राति पौने १२ बजेतिर पहिरो खसेर सडक अवरूद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोले सडक अवरूद्ध भएपछि दुबैतर्फ दर्जनौँ सवारीसाधनको लाइन लागेको छ। ठूलो पहिरो खसेकाले सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।
Facebook Comments


























