काठमाडौं, असोज ६ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
उनले आफ्नो निजी निवास बूढानीलकण्ठमा आज दिउँसो ३ बजे बैठक बोलाएका हुन्। आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउन बैठक बोलाइएको देउवाको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री देउवाले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने तयारी गरेका छन्। उनले आजै शपथ लिने बताइएको छ। सत्तापक्ष गठबन्धनका नेताहरुले पनि देउवाको प्रस्तावमा खड्कालाई परराष्ट्रमन्त्री बनाउन मंगलबार सहमति जनाएका बताइएको छ।
तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरूसँगको सल्लाह नगरी मन्त्री नियुक्त गर्ने निर्णय गरेको भन्दै मान्य नहुने बताएका छन्।
Facebook Comments


























