असोज ६ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हंगेरीका दर्शकलाई रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको छ।
फिफाले हंगेरीको आगामी घरेलु मैदानको खेलमा दर्शकलाई प्रतिबन्ध लगाएको हो। फिफाको प्रतिबन्धसँगै हंगेरीले घरेलु मैदानको खेल बन्द रंगशालामा खेल्नु पर्ने भएको छ। गत सेप्टेम्बर २ मा इंग्ल्यान्डविरुद्धको खेलमा समर्थकले विपक्षी टिमका खेलाडीलाई जातीय दुर्व्यवहार गरेपछि फिफाले प्रतिबन्ध गरेको हो।
विश्वकप छनोट अन्तर्गत भएको त्यस खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४-० को जित निकालेको थियो। त्यस खेलमा इंग्ल्यान्डका रहिम स्ट्रर्लिङ र जुड बेलीङहमविरुद्ध दुर्व्यवहार भएको थियो।
यस्तै फिफाले हंगेरी फुटबल फेडेरेसनलाई २ लाख स्विस फ्रान्क जरिवाना समेत गरेको छ।
Facebook Comments


























