काठमाडौं, माघ १५ । अवैध लागूऔषध सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। टोखा नगरपालिका–८ रमणबस्ती बाट २५।२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र २३ लाख ५० हजार रुपैयाँ सहित धादिङका मनिष भन्ने ३१ वर्षीय दुर्गा सिं तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा रमणबस्ती आवास क्षेत्र गेट अगाडि सडकबाट दुर्गा सिंलाई ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद १० हजार रुपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो।
साथै घटनाको अनुसन्धानको क्रममा उनको डेराबाट थप १९।२ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद २३ लाख ४० हजार रुपैयाँ बरामद गरेको जनाएको छ। दुर्गा सिंमाथि लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले बनाएको छ।
Facebook Comments


























