काठमाडौं, असोज ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै सरकारले पूर्णता पाउने बताएका छन्। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किने क्रममा पत्रकाहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्। उनले भने,‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ।’
प्रधानमन्त्री बनेको दुई महिना बितिसक्दापनि अहिलेसम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्री देउवाले भने अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन्। सरकारलाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले पहल गरेपनि सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरुले मन्त्रीको नाम दिन नसक्दा समस्या भएको हो।
Facebook Comments


























