काठमाडौं, असोज ४ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनका लागि ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश गलत भएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग बोल्दै यादवले सो बुरा बताएका हुन्। उनले यस अध्यादेशले लोकतन्त्रलाई अस्थिर बनाउने काम गर्ने बताए।
उनले भने- ‘दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने र राजनीतिक विकृति फैल्याउने अध्यादेश गलत छ, यसले लोकतन्त्रलाई अस्थिर बनाउने काम गर्छ’।
यादवले अध्यादेश खारेज भएपछि मात्र सरकारले पूर्णता पाउने बताउदै पूर्णता पाउन मन्त्रालयको बाँडफाँट हुनुपर्ने र त्यो अहिलेसम्म नभएको बताए।
गठबन्धनको सरकार बनेको ७० दिन बितिसक्दा पनि मन्त्रीपरिषदले अहिलेसम्म पूर्णता पाउन सकिरहेको छैन। प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले ४ जना मन्त्री र एक राज्यमन्त्री मात्र लिएर सरकार चलाइरहेका छन्। मन्त्रीपरिषदले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवा आलोचित बनिरहेका छन्।


























