बुटवल, असोज ४ । पहिरोको अवलकोन गर्न ज्योतिनगर पुगेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयबासीले कुटपिट गरेका छन्।
पहिरो ग्रस्त क्षेत्र बुटवल–३ को ज्योतिनगरमा अवलोकन गर्न गएका मेयर सुवेदीलाई आक्रोशित स्थानीयले मुक्का प्रहार गरेका हुन्। स्थानीयले मेयरमाथि गरेको हातपातबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर दुई साताअघि क्षतिग्रस्त भएका थिए। प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग नगरेको भन्दै स्थानीयवासी सरकारी पक्षसँग रुष्ट छन्।
Facebook Comments


























