काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै खनालले अस्थिरतावादी तत्वले षड्यन्त्रको तानाबाना बुनेको भन्दै नेकपा (एमाले) लाई अराजकतावादीको संज्ञा दिएका छन्।
“नयाँ गठबन्धन सरकार बनेको छ र संविधानबमोजिम मुलुकलाई अग्रगतितर्फ अघि बढाउने प्रयत्न भइरहेको छ। यद्यपि, अस्थिरतावादी तत्वहरू अहिले पनि षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन्,” उनले भनेका छन्, “संसद्लाई चल्न नदिने अराजकतावादी प्रवृत्ति पनि देखापरिरहेका छन्। यस्ता प्रवृत्तिहरूका विरुद्ध दृढतापूर्वक संघर्ष गर्दै संविधानको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताहरूको रक्षा, राष्ट्रियताको रक्षा तथा अग्रगमनतर्फको यात्रालाई कायम राख्दै मुलुकलाई समाजवाद र समृद्धितिर अघि बढाउनु नै आजको आवश्यकता बनेको छ।”
सबै लोकतान्त्रिक पार्टीहरूको संयुक्त प्रयत्न, नेपाली जनताको दृढ संघर्ष तथा न्यायालयको ऐतिहासिक निर्णयले गर्दा मुलुक पुनः राजनीतिक स्थिरतातिर फर्केको उनको भनाइ छ।


























