असोज ३ । बिग बोस ओटीटीले आफ्नो पहिलो विजेता पाएको छ। अभिनेत्री दिव्या अग्रवाल बिग बोस ओटीटीको विजेता भएकी छिन्। उपाधिसँगै दिव्याले २५ लाख हात पारेकी छिन्। निशान्त भट्ट बिग बोस ओटीटीको पहिलो रनर अप भएका छन् र शमिता शेट्टी सेकेन्ड रनर अप भएकी छिन्।
राकेश बापट शीर्ष ३ मा पुग्न सकेनन् र शोबाट बाहिरिएका थिए। प्रतीक सहजपाल आफै शोबाट बाहिरिए। जुन ८ अगस्टबाट शुरू भएको बिग बोस ओटीटी लगभग १००० घण्टा लगातार चलेको थियो।
दिव्याले यस अघि धेरै रियालिटी शोमा सहभागी भैसकेकी छिन् र उनको फ्यान फलोइङ निकै राम्रो रहेको छ।
Facebook Comments


























