काठमाडौं, असोज १ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा गएको भदौ २५ गते भएको पार्टीको वडा अधिवेशनबारे विवाद चर्किएपछि कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ।
सभापति देउवा इतर समूहले २५ गते गरिएको वडा अधिवेशन अस्वीकार्य रहेको भन्दै त्यसलाई मान्यता नदिन केन्द्रीय निर्वाचन समितिलाई चेतावनी दिएको भोलिपल्ट शुक्रबार सभापति देउवाले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन्।
बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरु डा। शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायतका नेताहरु सभागी रहेको बालुवाटार निकट स्रोतले जनायो।
पौडेल पक्षले डडेल्धुराको विषयमा विवाद झिकेपछि सभापतिले बैठक बोलाएको देउवा निकट एकनेताले जानकारी दिए। अहिले बैठक चलिरहेको छ।


























