काठमाडौं, भदौ ३१ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत गरेको छ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो। नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा रहेको छ। अघिल्लो वरीयतामा नेपाल १ सय ६८ औं स्थानमै रहेको थियो।
नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। नेपालले पहिलो खेल भने १-१ गोलको बराबरीमा खेलेको थियो। दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २-१ ले हराएको थियो।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेको छ। भारत १ सय ७ औं स्थानमा रहेको छ। माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ। बंगलादेश १८९ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन्।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन्। इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो। अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन्।


























