चितवन, भदौ ३१ । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि भारतका पुरु सिंलाई सहायक प्रशिक्षक नियुक्त गरेको छ।
चितवनले बिहीबार एक विज्ञप्ति निकाल्दै सिंहलाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ। दिल्लीका पूर्व क्रिकेटर सिंह लेभल टु गरेका प्रशिक्षक हुन्। चितवनको मुख्य प्रशिक्षकमा सामसन जंग थापा छन्।
यस्तै चितवनले टिमको उपकप्तानमा दिलिप नाथलाई नियुक्त गरेको छ। चितवनले राष्ट्रिय टोलीबाट खेलिसकेका दिलिपलाई उपकप्तानको जिम्मेवारी दिईएको जनाएको छ।
चितवनको कप्तानी सोमपाल कामीले गर्ने छन्। चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ। साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन्।


























