काठमाडौं, भदौ ३१ । नेकपा एमाले नेता रामबहादुर थापा बादलले एमालेबाट पुँजीवादी र दक्षिणपन्थी धार अलग भएको दावी गरेका छन्।
आफ्नो सरकारलाई अपदस्त गरेर गरेर पुँजीवादी दलालहरुलाई सहयोग गर्दै उनीहरुलाई सरकारमा पुर्याउने कामसहित पार्टीको दक्षिणपन्थी धार अलग भएको उनले बताए।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा बादलले भने, ‘हामीले आगामी दिनमा समाजवादी धारलाई बलियो बनाउनुपर्छ। दक्षिणपन्थी धारलाई परास्त गराउन सडक र सदनबाट अघि बढ्नुपर्छ। नेकपा एमालेलाई पुनः राजकीय सत्तामा पुर्याएर छोड्छौँ।’
उनले नेकपा एमाले नेपालको स्वाधीनताको मूल अंग भएको बताए। उनले आफ्ना जिम्मेवारीहरुलाई उचाइमा पुर्याउन आवश्यक भएको बताए।
Facebook Comments


























