गोरखा, ०२ भदौ। जिल्ला प्रहरी कार्यालय गोारखाले हराएका सामग्री खोजी गर्ने गरी छुट्टै इकाइ स्थापना गरेको छ। प्रहरी कार्यालयमा हराएका सामग्री खोजी गरिदिनका लागि उजुरी आउने क्रम बढेपछि छुट्टै शाखामार्फत त्यसको ब्यवस्थापन गर्न थालिएको प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए।
यही शाखाको सक्रियतामा हराइरहेका ४ थान मोबाइल र एक थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकिएको उनले बताए। ‘हराएका सामग्री खोजिदिन भन्दै प्रहरी कार्यालयमा निवेदनको चाङ लागेको छ,’ उनले भने। छुट्टै इकाइ स्थापना गरेपछि सामान हराएकालाई केही सहज हुने विश्वास लिइएको छ।
Facebook Comments