काठमाडौं, भदौ २६ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बसेको हो। शुक्रबार अपराह्न ४ बजेका लागि तय गरिएको बैठक प्रतिनिधिसभा बैठकका कारण आजका लागि सारिएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेको नारावाजी र अवारोधबीच सभामुख अग्नीप्रसाद सापकोटाले संसद् चलाएका थिए।
स्थायी कमिटी बैठकमा छलफलका लागि एमालेले दुई एजेण्डा तय गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पार्टीको विधान महाधिवेशनका विषयमा छलफल हुनेछ। त्यस्तै चालू संसद्मा एमालेका भूमिकाका विषयमा पनि छलफलको एजेण्डा बनाइएको छ।
एमालले माधवकुमार नेपालसहितका १४ सांसद्लाई गरेको कारबाहीको आधारमा सभामुखले सुचना टाँस नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएका थिए।
Facebook Comments


























