भदौ २५ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत इंग्ल्यान्ड र भारतबीचको पाँचौं तथा अन्तिम खेल कोरोना भाइरसका कारण रद्द भएको छ।
शुक्रबार म्यानचेस्टरमा सुरु हुने खेल अन्तिम समयमा रद्द भएको आईसीसीले जनाएको छ। आईसीसीले भारतीय टोलीमा देखिएको कोरोना कारण खेल रद्द गर्नुपरेको जनाएको छ।
हाल भारतीय क्याम्पमा बढ्दै गएको कोभिडका कारण खेल रद्द भएको आईसीसीले बताएको हो।
यसअघिका चार टेस्टमा भारतले २–१ को अग्रता बनाएको थियो। पहिलो टेस्ट बराबरीमा सकिँदा भारतले दोस्रो टेस्ट जितेको थियो। तेस्रो टेस्टमा इंग्ल्यान्ड फर्किए पनि भारतले चौथो टेस्ट आफ्नो नियन्त्रणमा राखेको थियो।
यसअघि भारतले अस्ट्रेलियालाई समेत टेस्टमा पराजित गरेको थियो।
Facebook Comments


























