काठमाडौं, भदौ २५ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक शुक्रबार बसेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान सवा ११ बजे सुरु भएको बैठक पौने ११ बजेसम्म बसेको स्रोतले जनायो।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव बोगेन्द्रराज शर्मा पौड्याललगायतको सहभागिता थियो।
बैठकमा देशको शान्ति सुरक्षा, एमसीसीको विरोधमा भइरहेका विरोध प्रदर्शनबारे छलफल भएको स्रोतले जनायो। प्रधानसेनापति बनेपछि शर्मा पहिलो पटक सुरक्षा परिषद्को बैठकमा सहभागी भएका हुन्। उनले बिहीबारमात्र प्रधानसेनापतिको कार्यभार सम्हालेका थिए।
Facebook Comments


























