काठमाडौं, भदौ २३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासमा परेको छ।
कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महामारीका बेला महाधिवेशन गर्दा लाखौँको स्वास्थ्य जोखिममा पर्ने भन्दै रिट दायर गरेका हुन्। न्यायाधीश ढुंगानाको इजलासमा पेसी तोकिए आठौँ नम्बरमा मात्रै पालो आउने भएकाले आज सुनुवाइको सम्भावना कम रहेको छ।
कांग्रेस महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तोकिएको छ। महाधिवेशनका लागि भदौ १८ देखि वडा तहका अधिवेशन शुरू भइसकेका छन्।
Facebook Comments


























