बुटवल, भदौ २३ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभई काँचुली मात्रै फेरेको बताएका छन्।
बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले समाजवादीको नाममा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताए।
‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तो मात्रै हो।’
नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने पनि उनले दाबी गरे। नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन उनले आग्रह गरे।
एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आएपछि एमालेको धारणा तय हुने उनले बताए।
Facebook Comments


























