भदौ १६ । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच सम्झौता भएको छ।
३६ वर्षीय रोनाल्डोले क्लबसँग २ वर्षको सम्झौता गरेको युनाइटेडले जनाएको छ। उनलाई सम्झौता थप गर्ने विकल्प पनि दिइएको युनाइटेडले जनाएको छ। रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका हुन्। फरवार्ड रोनाल्डोलाई युभेन्ट्सबाट युनाइटेडले अनुबन्ध गरेको हो।
Facebook Comments


























