काठमाडौं, भदौ १३ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार दलको नेता चयन गर्न बिहान ११ बजे आज संसदीय दलको बैठक बोलाइएको छ।
संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक पनि चयन गर्नेछ। एमालेबाट फुटेको एकीकृत समाजवादीमा प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद् छन्।
Facebook Comments


























