काठमाडौं, साउन ३० । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ। काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा चलिरहेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव पेश गरेका छन्।
बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन मंसिर ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन्। अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि केन्द्रित भएर केन्द्रीय सदस्यहरूले भोलिसम्म छलफल गर्ने छन्।
Facebook Comments


























