चितवन,साउन ३० । गायक तथा संगीतकार जिवी सुनारको तीजको कोसेली ‘छाती चर्किन्छ’ बजारमा आएको छ।
सुनारकै लय तथा शब्द संकलनमा तयार भएको गीतमा जिवी सुनारसँगै सिनर्जी राइजिङ स्टार अनामिका मल्ल, विनोद गजमेर र करण विकको कर्णप्रिय आवाज सुन्न सकिन्छ।
माइती र चेलीबीचको विषयवस्तुलाई संवादको रुपमा गीतमार्फत दर्शक स्रोतासमक्ष पस्किने प्रयास गरिएको गायक तथा संगीतकार सुनार बताउँछन्। गीतको संगीत संयोजन भने महेशबिक्रम पाण्डेले गरेका हुन्। जिवी सुनार आफैँले निर्देशन गरेको गीतको भिडियोमा भने लक्ष्मी थापा, शंकर खड्का, अम्बिका पाठक, शितल खड्कालगायतका कलाकारलाई अभिनयमा देख्न सकिन्छ।
सन्तोष सुनार र अर्जुन चापागाईँले खिचेको भिडियोको सम्पादन भने सन्तोष सुनारले गरेका हुन्।
Facebook Comments


























