साउन २६ । बंगलादेशका अलराउण्डर शकिब अल हसन टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा १०० विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन्।
अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टी-ट्वान्टी क्रिकेटबाट हसनले १०० विकेट पूरा गरेका हुन्। अष्ट्रेलियाविरुद्ध किफायती बलिङ गरेका हसनले ४ विकेट लिए। यससँगै उनको टी-ट्वान्टी अन्तराष्ट्रियमा १ सय २ विकेट पूरा भएको छ। हसन टी-ट्वान्टी अन्तराष्ट्रियमा १ सय विकेट पूरा गर्ने दोस्रो खेलाडी हुन्।
हसन भन्दा अघि श्रीलंकाका लासिथ मालिंगाले १०० विकेट पूरा गरेका छन्। मालिंगाले १ सय ७ विकेट लिएका छन्। बंगलादेशले अष्ट्रेलियाविरुद्धको अन्तिम खेल ६० रनले जितेको छ। बंगलादेशले पाँच खेलको सिरिज ४-१ जितेको छ। एजेन्सी
Facebook Comments


























