साउन २२ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्षका ससुराको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको छ।
गाउँपालिकाकी उपाध्यक्ष गीतादेवि तिम्सिना गौतमकी ससुरा कृष्णप्रसाद गौतमको निधनमा गाउँपालिकामा शोक बिदा दिइएको हो। गाउँपालिकाकी उपाध्यक्षका ससुराको हिजो बिहीवार राति निधन भएको र आज शुक्रवार गाउँपालिकामा शोक विदा दिइएको हो।
यसरी जनप्रतिनिधिका नजिकका व्यक्तिको निधनमा पालिकामा बिदा दिइँदै आएको निर्णयको विरोध हुँदै आए पनि यो क्रम रोकिएको छैन।

Facebook Comments


























