साउन २२ । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले मिडफिल्डर ज्याक ग्रेलिसलाई अनुबन्ध गरेको छ। सिटीले बिहीबार राति इंग्ल्यान्डका मिडफिल्डर ग्रेलिसलाई अनुबन्ध गरेको जनाएको छ।
सिटीले ग्रेलिसलाई एस्टन भिल्लाबाट १०० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो। २५ वर्षीय ग्रेलिसले सिटीसँग ६ वर्षको सम्झौता गरेका छन्। ग्रेलिसले सिटीमा १० नम्बरको जर्सी लगाउने छन्।
यस अघि १० नम्बरको जर्सी सर्जियो अग्युरोले लगाउदै आएका थिए। अग्युरो बार्सिलोनामा आबद्द भईसकेका छन्। ग्रेलिसले एस्टनका लागि २ सय १३ खेलमा ३२ गोल गरेका छन्।
यस्तै ४३ असिस्ट समेत गरेका छन्। इंग्ल्यान्डका लागि उनले १२ खेल खेलिसकेका छन्। युरो २०२० मा उनी इंग्ल्यान्डका लागि ‘पोस्टर ब्वाइ’ सावित भएका थिए। एजेन्सी
Facebook Comments


























